• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा
समाचार

फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा

  • सिधा दृष्टी बुधबार, कार्तिक १७, २०७८ | November 3, 2021

काठमाडौं । फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा गरेको छ । गोपनीयता, जातीय पूर्वाग्रह, र यथार्थतासम्बन्धी प्रश्नहरूसँगै फेसियल रिकग्निसनको नैतिकताको बारेमा चिन्ताहरू बढिरहेको बेला फोटोग्राफ र भिडियोमा अनुहार पहिचान गर्ने सफ्टवेर फेसबुकले अब प्रयोग नगर्ने घोषणा गरेको हो ।
सरकारहरू, प्रहरी र

Real Shoes 1

अरुहरूले फेस रिकग्निसन सिस्टमको दुरुपयोग गरेको भन्ने बढ्दो चिन्ताका बीच यो प्रणालीलाई बन्द गर्ने घोषणा गरेको फेसबुकले १ अर्ब भन्दा धेरै मानिसको फेसप्रिन्ट डिलिट गर्ने (हटाउने) पनि बताएको छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे नियामक निकायहरूले स्पष्ट नियमहरू उपलब्ध नगराएको कम्पनीले बताएको छ ।
प्रयोगकर्ताहरूमाथि पार्ने प्रभावको बारेमा यसले भारी आलोचनाको सामना गरेको थियो ।
फेसबुकको नयाँ ब्राण्ड मेटाका आर्टिफिसियल इन्टेलिजेन्सीका उपाध्यक्ष जेरोमी पेसेन्टीले जारी अनिश्चितताबीच फेसियल रिकग्निसनलाई सीमित गर्ने विषय उपयुक्त भएको बताएका छन् ।
सन् २०१९ को अमेरिकी सरकारको एक अध्ययनले फेसियल रिकग्निसन अल्गोरिदम ककेसियन अनुहारको तुलनामा अफ्रिकन अमेरिकन र एसियन अनुहारहरू पहिचान गर्न एकदमै कम सही भएको देखाएको थियो ।
नेशनल इन्स्टिट्युट अफ स्ट्याण्डर्डस एण्ड टेक्नोलोजीले गरेको अध्ययनले अफ्रिकन अमेरिकन महिलाहरू गलत पहिचान हुने सम्भावना झनै बढी रहेको देखाएको थियो ।
फेसबुकले फोटो स्क्यान र ट्याग सम्बन्धी लामो समयदेखिको कानूनी विवाद गत साल समाधान गरेको थियो । फेसबुकको फेसियल रिकग्निसनले इलियन्स राज्यको गोपनीयता सम्बन्धी कानून उल्लङ्घन गरेको भनी त्यहाँका प्रयोगकर्ताहरूको एक समुहलाई ५५० मिलियन डलर तिर्न सहमत भएको थियो ।
अमेजन र माइक्रोसफ्ट लगायतका अरु प्रविधि फर्महरूले पनि यो प्रविधि विवादास्पद बनेपछि प्रहरीलाई बेच्न रोक्का गरेका छन् ।
4
1 Share
Like
Comment
Share

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २२ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २२ घन्टा अघि