• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदो
समाचार

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदो

  • सिधा दृष्टी बुधबार, कार्तिक १७, २०७८ | November 3, 2021

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदो छ । महाधिवेशन मंसिर १०–१२ मा चितवनमा हुने तय छ । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
एमाले महाधिवेशनमा सात लाख २८ हजार संगठित सदस्यहरूबाट एक हजार ९९९ प्रतिनिधि हुनेछन् । कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छनोट गरिँदै छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि कात्तिक

Real Shoes 1

२७ गते निर्वाचन गर्ने निर्णय यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरिसकेको छ ।

महाधिवेशनका लागि पदेन, निर्वाचित र मनोनीत गरी तीन प्रकारका प्रतिनिधिहरू हुने एमालेले जनाएको छ । पदेन प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू हुनेछन् ।
अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रतिनिधिका विषयमा उल्लेख छ । जसअनुसार प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा दुई महिलासहित पाँचजना निर्वाचित प्रतिनिधि हुनेछन् ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन क्षेत्रमा १२ सयभन्दा बढी सदस्य भए प्रत्येक ८०० मा थप एक÷एकजना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य गर्नुपर्नेछ ।
त्यसैगरी, देशभित्रका विशेष जिल्लाअन्तर्गतका १२ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले निर्वाचित हुने व्यक्तिहरू प्रतिनिधि बन्नेछन् । यसमा पनि १२ सयभन्दा बढी सदस्य भए प्रत्येक ८०० मा थप एक÷एकजना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य गर्नुपर्नेछ ।
यता, देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एकजना प्रतिनिधि बन्नेछन् ।
यस्तै, भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले निर्वाचित हुने प्रतिनिधि हुनेछन् ।
भारत, अमेरिका (क्यानडा समेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँचजनाका दरले कम्तीमा ३० प्रतिनिधि हुनेछन् ।
त्यसैगरी, पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँचजना प्रतिनिधि निर्वाचित हुने अपानिमा उल्लेख छ ।
विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उमेदवार बन्न सक्ने व्यवस्था गरिएको छ ।
२२ वटा जनसंगठमध्ये पनि प्रत्येक संगठनबाट दुई महिलासहित पाँचजनाका दरले प्रतिनिधि छनोट हुनेछन् ।
केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहेकोले आयोजक हुने हुँदा सल्लाहकार परिषद्का अन्य पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाए पनि निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।
महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २0 घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २0 घन्टा अघि