मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भक्तपुर कमलविनायकमा रहेको रोम्वस सेन्डरी स्कूलमा विद्यार्थीहरुलाई म्हःपूजा गराई संस्कृतिको प्रयोगात्मक शिक्षा दिएका छन्
समाचार

भक्तपुर कमलविनायकमा रहेको रोम्वस सेन्डरी स्कूलमा विद्यार्थीहरुलाई म्हःपूजा गराई संस्कृतिको प्रयोगात्मक शिक्षा दिएका छन्

  • सिधा दृष्टी सोमवार, कार्तिक १५, २०७८ | November 1, 2021

रामगाेपाल तमखु
भक्तपुर । भक्तपुर कमलविनायकमा रहेको रोम्वस सेन्डरी स्कूलमा विद्यार्थीहरुलाई म्हःपूजा गराई संस्कृतिको प्रयोगात्मक शिक्षा दिएका छन् । नजिकिँदै गरेको तिहारमा नेवाः समुदायले मात्र गरिने म्हःपूजा स्कुलका अध्ययनरत विभिन्न समुदायका विद्यार्थीहरुमाझ करिव २० जनालाई म्हःपुजा गरेर विद्यार्थीहरुलाई यसको विषयमा जानकारी दिएका छन् ।
नेवाः समुदायमा मात्र होईन यो सबै नेपालीले गर्नु पर्ने जानकारी स्कुलका प्रिन्सिपल राजेन्द्र कोजुले बताउनुभयो । उहाँका अनुसार

नेपाल सम्वत नेवाः समुदायको मात्र नभई सबै नेपालीको सम्वत भएको बताउँनु भयो । नेपाल सम्वत र विभिन्न समुदायको संस्कृति नै नेपाल पहिचान भएको पनि उहाँले बताउनुभयो । त्यसैले नेवाः समुदयाको मात्र होईन बिभिन्न समुदायको संस्कृतिहरु भनेकै नेपालको पहिचान भएकाले सबै समुदायका चाँडपर्वहरुको विषयमा विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिँदै आएको कोजुले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय