शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भिडियो
  • प्रहरी निरिक्षक पाण्डेयको ‘आँधीहुरी नेपाल प्रहरी’ सार्वजनिक(भिडियो) सहित
भिडियो

प्रहरी निरिक्षक पाण्डेयको ‘आँधीहुरी नेपाल प्रहरी’ सार्वजनिक(भिडियो) सहित

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

काठमाण्डौं। प्रहरी निरिक्षक भोजराज पाण्डेयले ‘आँधीहुरी नेपाल प्रहरी’ बोलको गित बजारमा ल्याएका छन् ।

राष्ट्र सेवासँगै संङगीतिक यात्रालाई समेत निरन्तरता दिँदै आएका प्रहरी निरिक्षक पाण्डेयले आँधीहुरी नेपाल प्रहरी बोलको गित बजारमा ल्याएका हुन् । गितमा नेपाल प्रहरी र प्रहरीले आँधीहुरी, प्रचण्ड गर्मी केही नभनी जनताप्रतिको सेवामा निरन्तर खट्ने कुरालाई गीत मार्फत उतार्ने प्रयास गरेका छन् ।

गितमा कर्तव्यप्रति निर्भिक र अटल रुपमा प्रहरीले भुमिका खेल्दै आएको कुरालाई समेत उल्लेख गरिएको छ । त्यस्तै पाण्डेयले जनताको सेवामा कार्यरत् प्रहरीहरुको अनुभवलाई पनि

गीत मार्फत उजागर गरेका छन् ।

प्रहरी निरिक्षक भोजराज पाण्डेयको शव्द रहेको गितमा प्रताप दाषको स्वर रहेको छ । त्यस्तै गितमा दिपक शर्माको संगित र गीतको भिडियोलाई सन्तोष लामा मोक्तानले निर्देशन गरेका छन् ।

भिडियोमा नेपाल प्रहरीको तालिम तथा प्रहरीको भुमिकालाईनै समेटिएको छ । भिडियोको छायांकन पनिे प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा मै गरिएको छ । त्यस्तै ओपस स्टुडियोमा रेकर्ड गरिएको गितलाई सन्तोष लामा मोक्तान र महेन्द्र थापाले सम्पादन गरेका छन् ।

गितलाई ओएस्आर डिजिटलले सार्वजनिक गरेको छ ।
https://www.youtube.com/watch?v=My-USg5_wIs

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय