बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पोखरालाई पराजित गर्दै चितवन पुग्यो ईपीएलको फाइनलमा
भर्खरै

पोखरालाई पराजित गर्दै चितवन पुग्यो ईपीएलको फाइनलमा

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको हो । शाहब र सागरले ४ण्४ विकेट लिँदा शाहाजदले अविजित रन बनाए ।

बुधबार भएको पहिलो क्वालिफायरमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।चितवनको लागि ओपनर मोहम्मद शाहाजदले ४८ रन बनाए

। जितका लागि ४ रन चाहिएको बेला ठूलो सट खेल्ने धुनमा शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । उनले २६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए । करिम जन्नमले अविजित ४ रन जोडे । उनले एक बल खेल्दै विजयी चौका प्रहार गरे । पोखराका नन्दन यादवले १ विकेट लिए ।त्यसअघि सागर र शाहबले ४–४ विकेट लिएपछि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरभित्रै ६६ रनमा अलआउट भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय