शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रकाशमानले देउवा र पौडेललाई फेरी प्रश्न गरे – गणेशमानको परिवारले सधैं त्यागमात्रै गर्नु पर्ने ?
भर्खरै

प्रकाशमानले देउवा र पौडेललाई फेरी प्रश्न गरे – गणेशमानको परिवारले सधैं त्यागमात्रै गर्नु पर्ने ?

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएका थिए ।काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका हुन् । उनले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै

गएको छ । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।’

पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै उनले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ रु, के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय