सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साउदी अरबमा अब कोरोनाविरुद्धको खोप नलाएपनि प्रवेश पाइने, नेपाली श्रमिकलाई फाइदा पुग्ने
भर्खरै

साउदी अरबमा अब कोरोनाविरुद्धको खोप नलाएपनि प्रवेश पाइने, नेपाली श्रमिकलाई फाइदा पुग्ने

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

दोहा । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबले कोभिड–१९ महामारी जारी रहेका बेला पनि विदेशी नागरिकका लागि यात्रा नीति परिवर्तन गरी केही सहज बनाएको छ ।

खोप नलगाएका यात्रु दुई दिन होम क्वारेनटाइन बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्यमा जान दिइने साउदी अरबको गृह मन्त्रालयले जनाएको छ । यससँगै अब खोप नलगाएका यात्रुहरू पनि साउदी प्रवेश पाउने भएका छन् ।

आठ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मेडिकल टेस्टबाट छुट दिइने छ भने उनीहरूले आगमनको समयदेखि

४८ घण्टासम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सी जनाएको छ ।

नयाँ नियम अनुसार, कुनै पनि अनुमोदित भ्याक्सिन-फाइजर-बायोटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, मोडर्ना, वा जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज पनि नलगाई साउदी प्रवेश गर्नेले होम क्वारेनटाइन बस्नुपर्नेछ ।

साउदीले यसअघि आफ्नो देश प्रवेश गर्ने हरेक नागरिकलाई पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने नियम बनाएको थियो । साउदीको यो निर्णयसँगै अब नेपाली कामदारले पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय