• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदै
भर्खरै

असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदै

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

काठमाडौं । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् ।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष

Real Shoes 1

विसर्जन गर्न लागेका हुन् ।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिबास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा श्रद्धालुहरुको जमघट देखिएको छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ । यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६)का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने भएकाले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डी ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउँछन् ।

दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्य बेला गरिने शुभकार्य ९विवाह, व्रतबन्ध, यज्ञयज्ञादि० अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्र्राह्मण जिल्लाकै भङ्गाहा नगरपालिका–४ का बासिन्दा भरतराज बरालको भनाइ छ ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङ । श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

  • ३ हप्ता अघि
हिपत खबर
भर्खरै
मध्य भोटेकोशीको खुल्यो आईपीओ, कहिले सम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नागा र सामन्थाबीच सम्बन्धविच्छेद, यस्तो रहेछ कारण

मुम्बई,एजेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले

  • २ महिना अघि
हिपत खबर
भर्खरै
मन्त्रीको नाम टुंगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।

यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने

  • २ महिना अघि
हिपत खबर
भर्खरै
काँग्रेस पूर्वमहामन्त्री सिंह र नेकपा माओवादीका महासचिव चन्द बीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा बुधबार नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको

  • २ महिना अघि
हिपत खबर
भिडियो
प्रहरी निरिक्षक पाण्डेयको ‘आँधीहुरी नेपाल प्रहरी’ सार्वजनिक(भिडियो) सहित

काठमाण्डौं। प्रहरी निरिक्षक भोजराज पाण्डेयले ‘आँधीहुरी नेपाल प्रहरी’ बोलको गित बजारमा ल्याएका छन् ।

राष्ट्र सेवासँगै संङगीतिक यात्रालाई समेत निरन्तरता दिँदै आएका प्रहरी निरिक्षक पाण्डेयले आँधीहुरी नेपाल प्रहरी बोलको गित बजारमा ल्याएका हुन् । गितमा नेपाल प्रहरी र प्रहरीले आँधीहुरी,

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आयो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९

  • २ महिना अघि
हिपत खबर
भर्खरै
पोखरालाई पराजित गर्दै चितवन पुग्यो ईपीएलको फाइनलमा

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको

  • २ महिना अघि
हिपत खबर
भर्खरै
प्रकाशमानले देउवा र पौडेललाई फेरी प्रश्न गरे – गणेशमानको परिवारले सधैं त्यागमात्रै गर्नु पर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति

  • २ महिना अघि
हिपत खबर
भर्खरै
लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउने तयारी, एमालेले बैठक अवरुद्ध गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।

प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि

  • २ महिना अघि