सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारद्वारा बर्खास्त
भर्खरै

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारद्वारा बर्खास्त

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएको थियो । पछि बोनस समेत जोडेर अहिले रेबिकाको नाममा करिब १२ हजार कित्ता शेयर रहेको छ

पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय