• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन
भर्खरै

सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने) को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो । विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएनन्। हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उन्ले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए ।

आफ्नो पुख्र्यौली

Real Shoes 1

थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले दिएको जवाफले उनको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भने ।साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए।

घरबाट हराएपछि भौँतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताए।

त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उनले माछा मार्ने पेशा अँगालेका थिए । उनलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङ । श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

  • ३ हप्ता अघि
हिपत खबर
भर्खरै
मध्य भोटेकोशीको खुल्यो आईपीओ, कहिले सम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नागा र सामन्थाबीच सम्बन्धविच्छेद, यस्तो रहेछ कारण

मुम्बई,एजेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले

  • २ महिना अघि
हिपत खबर
भर्खरै
मन्त्रीको नाम टुंगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।

यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने

  • २ महिना अघि
हिपत खबर
भर्खरै
काँग्रेस पूर्वमहामन्त्री सिंह र नेकपा माओवादीका महासचिव चन्द बीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा बुधबार नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको

  • २ महिना अघि
हिपत खबर
भिडियो
प्रहरी निरिक्षक पाण्डेयको ‘आँधीहुरी नेपाल प्रहरी’ सार्वजनिक(भिडियो) सहित

काठमाण्डौं। प्रहरी निरिक्षक भोजराज पाण्डेयले ‘आँधीहुरी नेपाल प्रहरी’ बोलको गित बजारमा ल्याएका छन् ।

राष्ट्र सेवासँगै संङगीतिक यात्रालाई समेत निरन्तरता दिँदै आएका प्रहरी निरिक्षक पाण्डेयले आँधीहुरी नेपाल प्रहरी बोलको गित बजारमा ल्याएका हुन् । गितमा नेपाल प्रहरी र प्रहरीले आँधीहुरी,

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आयो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९

  • २ महिना अघि
हिपत खबर
भर्खरै
पोखरालाई पराजित गर्दै चितवन पुग्यो ईपीएलको फाइनलमा

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको

  • २ महिना अघि
हिपत खबर
भर्खरै
प्रकाशमानले देउवा र पौडेललाई फेरी प्रश्न गरे – गणेशमानको परिवारले सधैं त्यागमात्रै गर्नु पर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति

  • २ महिना अघि
हिपत खबर
भर्खरै
लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउने तयारी, एमालेले बैठक अवरुद्ध गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।

प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि

  • २ महिना अघि