गुल्मी, तम्घास। गुल्मीको नौ वटा स्थानीय तहमा नेपाली कांग्रेसको नगर–गाउँ अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लाका ९ स्थानीय तहमा अधिवेशन सकिएको नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ । अधिवेशन सम्पन्न भएका नगर–गाउँहरुमा मदाने, मालिका, धुर्कोट, इश्मा,गुल्मीदरबार, छत्रकोट, सत्यवती, रुरुक्षेत्र रहेका छन् । अधिवेशन भइसकेका स्थानीय तहरुमा मदाने गाउँपालिकाको सभापतिमा महेन्द्र कुँवर, मालिका गाउँपालिकाको सभापतिमा उप्रेन्द्र अर्याल, इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल चयन भएका छन् ।
त्यस्तै धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकाको सभापतिमा
प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धातान्नद भुसाल चयन भएका छन् ।
रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल, सत्ववती गाउँपालिकाको सभापतिमा विष्णु भण्डारी र चन्द्रकोट गाउँपलिकाको सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।दुई नगरपालिका र दश गाउँपालिकामध्येमा रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नेतृत्व चयन हुन बाँकी रहेको जानकारी दिइएको छ ।
अधिवेशन सम्पन्न हुन बांकी मुसीकोट नगर सभाापतिका लागि छबि भण्डारी र मोहन घिमिरे प्रतिस्पर्धामा छन् र मंगलबार मतदान भएको छ ।
कालीगण्डकी गाउँपालिकामा पार्टी सभापतिका रामप्रसाद न्यौपाने, गोविन्द गौतम र निमबहादुर श्रीसबीच प्रतिस्पर्धा भएको थियो ।
रेसुङ्गा नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको नेपाली कांग्रेस गुल्मीका नेताहरुले जानकारी दिएका छन् ।