• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बजारीकरणको अभावमा डोल्पामा स्याउ खेर जाने अवस्थामा
भर्खरै

बजारीकरणको अभावमा डोल्पामा स्याउ खेर जाने अवस्थामा

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

डोल्पा । जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् ।

उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख

Real Shoes 1

शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिए ।

यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए ।

स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउँछन् ।

त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए । उनीहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गरेका थिए ।

सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
आर्थिक
घट्यो सुनको भाउ

काठमाडौं- सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ७ सय मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला

  • १९ घन्टा अघि
हिपत खबर
आर्थिक
१०४ प्रतिशतभन्दा बढीले वृद्धि भयो नेपालको निर्यात व्यापार

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागका अनुसार २०७८ साउन, भदौ, असोज र कात्तिकमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख

  • २ दिन अघि
हिपत खबर
आर्थिक
सामान्य अंकले बढ्यो नेप्से, यस्तो छ अन्य सूचक

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४

  • ३ दिन अघि
हिपत खबर
आर्थिक
सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको छ

काठमाडौं- सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले

  • ४ दिन अघि
हिपत खबर
आर्थिक
नेप्सेमा ११.६० अङ्कको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ११.६० अङ्कको गिरावट हुँदा २७५७.५३ अङ्कमा बन्द भएको छ ।
  • ६ दिन अघि
  • हिपत खबर
    आर्थिक
    हस्तकला व्यवसायको प्रवर्द्धनमा नबिल बैंक

    काठमाडौं । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

    • ६ दिन अघि
    हिपत खबर
    आर्थिक
    नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ ।
    साताको पहिलो कारोबार दिन हिजो प्रतितोला

    • ६ दिन अघि
    हिपत खबर
    समाचार
    उकालो लाग्दै मूल्यवृद्धि : उपभोक्तालाई धान्नै धौधौ

    काठमाडौं । पछिल्लो समय महँगी यतिसम्म बढेको छ कि सामान्य व्यक्तिलाई गुजारा चलाउनै धौधौ भएको छ ।

    अहिले बजारमा दैनिक उपभोग्य वस्तु दाल, चामल, घिउ, तेल, साबुन, सर्फलगायतका वस्तुहरूमा मूल्य बढेर छोई नसक्नु भएको छ । त्यसैमाथि तरकारी तथा

    • ७ दिन अघि
    हिपत खबर
    आर्थिक
    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार

    • १ हप्ता अघि
    हिपत खबर
    आर्थिक
    आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम

    काठमाडाैँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार

    • ३ हप्ता अघि