• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नोबेल कमिटीद्वारा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा
भर्खरै

नोबेल कमिटीद्वारा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

स्टकहोम, एजेन्सी । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ ।

नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् ।

उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो ।

विश्वभरी तापक्रमको मात्रा

Real Shoes 1

बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् ।

जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ ।

पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको भएका छन्। उनीहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गरेका थिए ।

त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।

नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो ।

अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो ।

 

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
अन्तराष्ट्रिय
एसिया प्रशान्तमा जासुसी, हस्तक्षेप र बल प्रदर्शन नगर्न अमेरिकालाई चीनको चेतावनी

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा “नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन” लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी

  • २१ घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
साउदी अरेबियाले भारत र पाकिस्तानसहित ६ देशलाई सिधा प्रवेश अनुमति दिएको छ

साउदी अरेबियाले तेस्रो मुलुकमा १४ दिन क्वारेन्टाइन नबनाई इन्डोनेसिया, पाकिस्तान, भारत र इजिप्ट लगायत ६ देशका पर्यटकलाई सीधा प्रवेश गर्न दिने घोषणा गरेको छ ।
  • २१ घन्टा अघि
  • हिपत खबर
    अन्तराष्ट्रिय
    साइबेरियाको कोइला खानीमा आगलागी हुँदा ५२ खानी कामदारको मृत्यु

    रुसी समाचार एजेन्सीहरूले साइबेरियाको एक कोइला खानीमा आगलागी हुँदा ५२ जना खानी र उद्धारकर्ताको मृत्यु भएको बताएका छन्।
    अधिकारीहरूले पहिले भनेका थिए कि

    • २१ घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    पाकिस्तानको मुख्य नागरिक डाटाबेस सम्झौता: शीर्ष सुरक्षा एजेन्सी संसद प्यानलमा

    पाकिस्तानको मुख्य नागरिक डाटाबेसमा सम्झौता भएको छ, संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले बिहीबार संसदको प्यानललाई सूचित गर्यो, र यो उल्लङ्घन अहिलेसम्म अवैध मोबाइल सिम

    • २१ घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    लण्डन डकैतीमा बेलायती सिख किशोरको छुरा प्रहार गरी हत्या

    एक १६ वर्षीय ब्रिटिश सिख केटाको बुधबार राति वेस्ट लन्डनको सडकमा छुरा प्रहार गरी हत्या गरिएको छ । उनका साथीहरूका अनुसार आफूले बोकेको नक्कली गुच्ची झोलालाई लिएर उनीमाथि आक्रमण भएको हुन सक्छ।

    • २१ घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    बेलायतले ६ अफ्रिकी देशको उडानमा प्रतिबन्ध लगाएको छ

    बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले भेरियन्टमा चिन्ता व्यक्त गरेपछि बेलायतका अधिकारीहरूले छवटा अफ्रिकी देशहरू इङ्गल्याण्ड यात्रा “रातो सूची” मा थपिने घोषणा गरे।
    बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्स्वाना, इस्वाटिनी र जिम्बाब्वेबाट बेलायतको उडान शुक्रबार मध्याह्नदेखि

    • २१ घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    युएईले काबुल एयरपोर्ट चलाउन तालिवानसँग वार्ता

    संयुक्त अरब इमिरेट्स (युएई)का अधिकारीहरूले हालैका हप्ताहरूमा तालिबानसँग काबुल एयरपोर्ट सञ्चालन गर्ने बारे छलफल गर्नका लागि श्रृङ्खलाबद्ध छलफलहरू गरेका छन् जुन अफगानिस्तानको विश्वको मुख्य हवाई लिंकको रूपमा काम गर्दछ।

    • ३ दिन अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    चीनले तालिबानलाई समर्थन गरेपछि, अफगानिस्तानको धनी स्रोतको दोहन गर्न यसका फर्महरू लाइनमा

    अफगानिस्तानको पुनर्निर्माणमा चीनको ठूलो भूमिका रहेको तालिबानले पहिले नै बताइसकेको छ । आफ्नो पक्षको लागि, चीनले पनि अस्थिर सिनजियाङ प्रान्तमा सक्रिय उइगुरहरूलाई नियन्त्रण गर्न तालिबान शासनलाई दबाब दिइरहेको छ। चीनले तालिवानको विश्वव्यापी मान्यताका लागि कूटनीतिक समर्थन पनि बढाइरहेको छ।

    • ३ दिन अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    भारतमा विद्यालय खुलेसँगै कोरोना फैलिँदै

    भारतका विभिन्न राज्यमा स्कूल खुलेसँगै कोरोना भाइरस संक्रमण फैलिन थालेको छ ।विद्यार्थीलाई भौतिक उपस्थितिमै बोलाएर कक्षा सञ्चालन गर्न थालिएपछि कोरोना बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।राजस्थान राज्यको जयपुरमा ११ विद्यार्थीमा कोरोना

    • ३ दिन अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    न्यूजिल्याण्ड अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै

    न्यूजिल्याण्डले सन् २०२२ को अप्रिलदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुला गर्ने योजना सार्वजनिक गरेको छ। कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका यात्रुका लागि अप्रिल ३० देखि आवागमन खुला गरिने जनाइएको छ।

    • ३ दिन अघि