मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बैकिङ कसुरमा फरार प्रहरीद्वारा अभियुक्त पक्राउ
भर्खरै

बैकिङ कसुरमा फरार प्रहरीद्वारा अभियुक्त पक्राउ

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि फरार

रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय