बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संखुवासभा सामुहिक हत्या प्रकरणमा आरोपितलाई थुनामा राख्न आदेश
भर्खरै

संखुवासभा सामुहिक हत्या प्रकरणमा आरोपितलाई थुनामा राख्न आदेश

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत सङ्खुवासभाले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताए । अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको उनले

बताए ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय