शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहितका ६ जना अभियुक्तलाई जन्मकैदको फैसला
भर्खरै

३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहितका ६ जना अभियुक्तलाई जन्मकैदको फैसला

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा ८ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

८ जना मध्ये मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

उनीहरुलाई सुन तस्करी र सनम शाक्य हत्या, अपहरण तथा शरीर बन्धकमा सजाय तोकिएको उनले जानकारी दिए ।​ अरू दुई जनालाई तीन वर्ष र ६ महीना

कैद सजाय सुनाइएको छ ।

फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय