शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरी अर्को जहाज दुर्घटनामा
भर्खरै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरी अर्को जहाज दुर्घटनामा

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको जहाज ‘डोमेस्टिक पार्किङ’बाट रनवेतर्फ निकाल्ने क्रममा चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्दा टर्निङको क्रममा जहाजको सन्तुलन बिग्रेको हो । ‘जहाज धस्सिएको हैन पार्किङबाट निकाल्ने क्रममा डिसब्यालेन्स भएर तीन फिट पर सरेको हो, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो ।’, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहेको पनि प्रवक्ता शेर्पाले जानकारी दिएका

छन् । उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भयो ।’

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिए पनि विमानस्थलबाट हुने उडान सञ्चालनमा कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय