मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालले श्रीलंकालाई पराजित गरेपछि प्रशिक्षक अलमुताइरीले भने – नतिजाबाट सन्तुष्ट छु
भर्खरै

नेपालले श्रीलंकालाई पराजित गरेपछि प्रशिक्षक अलमुताइरीले भने – नतिजाबाट सन्तुष्ट छु

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताएका छन् ।

मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो ।‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो प्रतियोगितामा अंक धेरै महत्वपूर्ण छ । हामीले आज ६ अंकमा ६ अंक नै जोडेका छौँ ,’ खेलपछि पोष्टम्याच कन्फ्रेन्समा अलमुताइरीले भने ।

उनले नेपालको लागि तीन अंक नै

ठूलो भएको बताए ।

पाँच राष्ट्र सम्मिलित साफमा नेपालले लगातार दुई जितबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ । श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।

दोस्रो जितपछि नेपालको अब फाइनल पुग्ने सम्भावनासमेत बढेको छ । प्रशिक्षक अलमुताइरीले पनि यस जितले फाइनल पुग्ने सम्भावना बढाएको बताएका छन् । ‘नेपालको अब फाइनल पुग्ने सम्भावना बढेको छ । हामीलाई पाँच दिन रेस्ट छ र त्यसमा तयारी गर्ने अवसर छ ।’

उनले म्याच डे थ्री मा पनि केही आश्चर्यजनक नतिजा आउने अपेक्षा राखेका छन् । म्याच डे थ्री मा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच खेल हुनेछ ।

नेपालले अब अर्को खेल असोज २४ गते भारतसंग खेल्नेछ । त्यसपछि बंगलादेशसंग असोज २७ गते खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय