मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बलिउडका चर्चित तीन कलाकार काठमाडौंमा, १० दिन बस्ने गरी किन आए नेपाल ?
भर्खरै

बलिउडका चर्चित तीन कलाकार काठमाडौंमा, १० दिन बस्ने गरी किन आए नेपाल ?

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए ।

टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ ।

चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो ।मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ ।

यस्तै नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइए पनि थप खुलाइएको छैन । यसैबीच अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय