काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६–७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।
संसदमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।
यसअघि संसदको गतिरोध अन्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।