शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जारी आईपीएलमा दिल्ली क्यापिटल्ससंग चन्नई सुपर किङ्स ३ विकेटले पराजित
भर्खरै

जारी आईपीएलमा दिल्ली क्यापिटल्ससंग चन्नई सुपर किङ्स ३ विकेटले पराजित

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको छ।

गए राति दुबईमा चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स

खेलेका थिए ।

यो जितसँगै १३ खेलमा २० अंक जोडेर दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय