मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभरको मौसममा बदली, यस्तो छ आगामी तीन दिनको मौसमी पूर्वानुमान
भर्खरै

देशभरको मौसममा बदली, यस्तो छ आगामी तीन दिनको मौसमी पूर्वानुमान

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । नेपालमा आज (मंगलबार) देशभरको मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

अन्य प्रदेशमा पनि आंशिक बदली रहेको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

विभागले आगामी तीन दिनको मौसम विश्लेषण गर्दै जारी गरेको बुलेटिनअनुसार आज रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा

र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि (बुधबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

पर्सी (बिहिबार)भने देशका थोरै स्थानमा मात्र मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले यति बेला नेपालमा मौसममा आंशिकदेखि सामान्य बदली भएको हो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय