शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • क्रियाशील विवाद समाधानका लागि प्रकाशमान, शशांक र बिमलेन्द्रबीच तीन बुँदे सहमति
भर्खरै

क्रियाशील विवाद समाधानका लागि प्रकाशमान, शशांक र बिमलेन्द्रबीच तीन बुँदे सहमति

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि कांग्रेसका शीर्ष तीन नेताहरुले तीन बुँदे निष्कर्ष निकालेका छन् ।

सोमबार कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा भएको भेटवार्तामा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधी र नेता सिंहबीच क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन बुँदे सहमति भएको हो ।

उनीहरुले बाँकी रहेका रहेका जिल्लाको बिवाद तत्कालै टुंगोमा पुराउनुपर्ने, क्रियाशील सदस्यता विवादले महाधिवेन तालिका प्रभाबित हुन दिनु नहुने र तोकिएकै समयमा सम्पन्न गराउनु पर्ने निष्कर्ष निकालेका हुन् ।

यसैगरी बैठकमा सरकारलाई तत्काल

पूर्णता दिनुपर्ने विषयमा समेत छलफल गरेका छन् । तीन नेताबीच आगामी महाधिवेशनमा मिलेर जाने र छलफललाई तीव्रता दिने विषयमा सहमति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय