शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
भर्खरै

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८९३ जनाको पीसीआर परीक्षणमा ८१२ र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजारजना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब

५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय