शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जारी ईपीएलमा चितवनको पहिलो हार, भैरहवाविरुद्धको खेलमा ६ विकेटले पराजित
भर्खरै

जारी ईपीएलमा चितवनको पहिलो हार, भैरहवाविरुद्धको खेलमा ६ विकेटले पराजित

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो ।

चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो ।भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । त्यस्तै तमिनइक्वालले ४० रन बनाए । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गरे भने रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एकरएक रन जोडे ।

चितवनका

करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एकरएक विकेट लिए ।

पहिले ब्याटिङ् गरेको चितवनका करिम जनतले ३५, मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले ७, देव खनालले ५ र खड्क बोहोराले एक रन बनाएका थिए ।

भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एकरएक विकेट लिए ।

हारपछि पनि चितवन शीर्ष स्थानमै छ । भैरहवा दोस्रो स्थानमा उक्लिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय