शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित
भर्खरै

नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं। नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् ।

जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो ।तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गरेका हुन् ।

पहिलो चरणमा तामाङले ६६८ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत पाएका थिए ।

दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन

हुने कांग्रेस विधानको व्यवस्था छ । दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।

तामाङ पार्टी संस्थापन समूह निकट हुन् । तामाङ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय