मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा पनि कमी
भर्खरै

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा पनि कमी

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो ।

सोमबार नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १.२८ प्रतिशतले घटेको छ ।कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । ४८ हजार

२३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा रोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय