संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । खड्काले प्रतिस्पर्धी राइमान राईलाई १ हजार बढी मत अन्तरले पराजित गरे । खड्काले १ हजार १ सय ९८ मत ल्याउँदा राईले १ सय १० मत ल्याए ।खड्का पूर्व राज्यमन्त्री हुन् । कांग्रेसको आन्तरिक राजनीतिमा उनी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाका विश्वासपात्र मानिन्छन् ।
यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती
विजयी भएका छन् ।