शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इटालीको मिलान शहरमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गयो
भर्खरै

इटालीको मिलान शहरमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

एजेन्सी । इटालीको उत्तरी शहर मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

मिलानस्थित एक खाली कार्यालय भवनमा निजी विमान ठोक्किएर भएको दुर्घटनामा त्यसमा सवार सबै ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।

विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए ।

दुर्घटनामा उनीसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको छ । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो

जमिनमा रहेका कोही पनि घाइते नभएका समाचारमा जनाइएको छ । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ ।

केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय