मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादी २१ वर्ष पछि पक्राउ परे
भर्खरै

सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादी २१ वर्ष पछि पक्राउ परे

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ ।

तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ ।

फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज

तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका दुई जनालाई समेत तोकिएको जरिवाना रु दश हजार भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उनले बताए ।

तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय