सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंमा जारी ईपीएलटी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल
भर्खरै

काठमाडौंमा जारी ईपीएलटी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग ( ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन् । आजै हुने दोस्रो खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोजको प्रतिस्पर्धा हुनेछ ।

चितवन र भैरहवाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । भैरहवा पनि प्ले अफमा पुगिसकेको छ ।

काठमाडौं र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । पोखरा प्ले अफमा पुग्न

संघर्षरत छ भने काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय