बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कम्बोडियाका ग्रामीण भेगमा भारतले १ हजार ५ सय हाते पम्प स्थापना गर्दै
भर्खरै

कम्बोडियाका ग्रामीण भेगमा भारतले १ हजार ५ सय हाते पम्प स्थापना गर्दै

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

नयाँदिल्ली, एजेन्सी । कम्बोडियाको ग्रामीण भेगमा पानी आपूर्तिको समस्या सिर्जना भएपछि भारतले १ हजार ५०० हाते पम्पहरु स्थापना गर्ने भएको छ ।

भारतले एक भर्चुअल कार्यक्रममार्फत हाते पम्प स्थापनाका लागि सहयोग घोषणा गरिएको हो ।

भारतका विदेश राज्यमन्त्री राजकुमार रंजन सिंह र कम्बोडियाका ग्रामीण विकास मन्त्री डा। ओक रबुन सहभागी समारोहमा हाते पम्प स्थापना गर्ने परियोजना घोषणा गरिएको हो ।

परियोजनाको कार्यान्वयनका लागि भारत सरकारले शतप्रतिशत आर्थिक अनुदानमा दिने भएको छ । यो परियोजना अन्तरगत कम्बोडिया दुई प्रान्तहरुमा १ हजार

५०० हाते पम्पहरुको स्थापना गरिने भारतीय विदेश मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परियोजाबाट कम्बोडियाका ४३३ गाँउका चार लाख मानिसहरु लाभान्वित हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय