मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस नगर अधिवेशन – टोखामा बिमली निर्वाचित हुँदा नागार्जुनमा दुर्गाप्रसाद गौतम आए
भर्खरै

कांग्रेस नगर अधिवेशन – टोखामा बिमली निर्वाचित हुँदा नागार्जुनमा दुर्गाप्रसाद गौतम आए

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021
file phot

काठमाडौं । नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित भएका छन् ।

कांग्रेस टोखा नगरपालिकाको आज सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन् । टोखामा ११ वडा रहेका छन् ।

यस्तै, काँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् । मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजयी भएका

हुन् । उनका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे । यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय