काठमाडौं । नेपाली कांग्रेसको चन्द्रागिरि नगरपालिकाको अधिवेशनमा प्रकाशमान सिंहको पक्षका गिरीको प्यानल सर्वसम्मत निर्वाचित भएको छ ।
सभापतिमा घनश्याम गिरी सर्वसम्मत चयन भएका हुन् । उप–सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम बाँनिया निर्वाचित भएका छन् ।
सचिवमा राजेन्द्र महर्जन, नवीन महर्जन विजयी हुँदा सह–सचिवमा जीवन गिरी र भुवन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कोषध्यक्षमा मञ्जय प्रकाश श्रेष्ठ र बिनु बस्नेत निर्वाचित भएका छन् ।