बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पञ्जाब किंग्सलाई पराजित गदैै बैंगलोर आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा
भर्खरै

पञ्जाब किंग्सलाई पराजित गदैै बैंगलोर आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

एजेन्सी । पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

पञ्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीलाई जिताउन सकेनन् । यस्तै कप्तान केएल राहुलले ३९ रन जोडे भने एडिन मार्क्रम २० रन तथा साहरुख खान १६

रनमा आउट भए ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै देबदुत पडिकलले ४०, कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले २३ रन बनाए ।

जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा छ । पञ्जाब १० अंकसहित पाँचौं स्थानमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय