मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यस वर्ष मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविदको भनाइ
भर्खरै

यस वर्ष मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविदको भनाइ

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार–सोमबार लाग्न सक्नेछ ।

‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा हुन्छ, त्यसपछि हामी वुलेटिन निकालेरै सूचीत गर्छौँ, सम्भवत एक सातापछि मनसुन निस्क्रीय होला,’ सापकोटाले भने ।

सामान्यतयाः अक्टोबर–२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक

त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् सापकोटाका अनुसार आज दिउँसो १–२ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अझै पनि मनसुन सक्रिय रहेकाले कम्तीमा बुधबारसम्म देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय