शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेको विधान संशोधन लगायतका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित
भर्खरै

एमालेको विधान संशोधन लगायतका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021
sf7df8f}F, !% c;f]h . g]kfn sDo’lgi6 kf6L{ -g]skf–Pdfn]_n] z’qmaf/ nlntk’/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]Gb|df cfof]hgf u/]sf] ljwfg dxflwj]zgdf ;Daf]wg ub}{ kf6L{ cWoIf Pj+ k”j{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि सर्वसम्मत पारित गरेको हो ।

त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा।विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव

गरेका थिए ।

राष्ट्रिय महाधिवेशन वुटवलमा हुने एमालले जनाएको छ । बैठकले केही समसामायिक प्रस्ताव पनि पारित गरेको छ । बैठकले एमाले फुटाउनका लागि संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याएको भन्दै रोष प्रकट गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

त्यस्तै बैठकले भ्रमवस पार्टी विभाजनमा परेका कार्यकर्तालाई मुल पार्टीमा फर्कन पनि आह्वान गरेको छ । वर्तमान सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरि प्रतिस्थापन विधेयकमार्फत ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको नेता पन्तले बताए ।

त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।

त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने एमालेले जनाएको छ । एमाले विधान महाविधेशन शुक्रबारदेखि शुरु भएको थियो । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय