मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेसमा क्रियाशील विवाद : कोइराला लगायतका नेताहरु डडेल्धुरा पुगेरै जनाए एक्यबद्धता
भर्खरै

कांग्रेसमा क्रियाशील विवाद : कोइराला लगायतका नेताहरु डडेल्धुरा पुगेरै जनाए एक्यबद्धता

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादलाई लिएर डडेल्धुरामा अनसनरत नेता तथा कार्यकर्ताहरुको धर्नामा नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरेले ऐक्यवद्ता जनाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेलसहित डेडेल्धुरा पुगेका तीनै जना नेताले उनीहरुको अनसनमा ऐक्यवद्धता जनाएका हुन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनसनरत कांग्रेसका नेता एवं कार्यकर्तालाई डडेल्धुरा पुगेर उनीहरुको गुनासो सुनेका हुन् । उनीहरुको गुनासो सुन्दै नेताहरुले तत्कालका लागि अनसन लगायतका कार्यक्रम स्थगित गरी पुनः सुचारु गर्न भनेका थिए ।

विजयादशमी पछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी नेताहरूको रहोबरमा विगत ११ दिनदेखी जारी धर्ना उनीहरुले आजदेखि स्थगित गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय