मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पहिलो किसिपिडि फुटसल कपको उपाधि बनस्थलीलाई
भर्खरै

पहिलो किसिपिडि फुटसल कपको उपाधि बनस्थलीलाई

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

काठमाडौं । प्रथम किसिपिडी फुटसल कपको उपाधि बनस्थलीले जित्न सफल भएको छ । उपाधि जितेको बनस्थलीले पचाँस हजार नगद रुपैया सहित ट्रफी र पदक हात पारेको छ । प्रतियोगिताको फाइनलमा पानिघात युवा क्बललाई पेनाल्टी सुट आउटमा तीन दुई गोल अन्तरले पराजित गर्दै बनस्थलीले उपाधि हात पारेको हो । चन्द्रागिरी वडा नम्बर ५ स्थिल चन्द्रागिरी फुटसल मैदानमा भएको फाइनल खेलमा पानिघाट युवा क्बलले दोस्रो हुँदै नगद २५ हजार रुपैयाँसहित ट्रफी र पदक हात पार्यो । तेस्रो स्थानमा रहको ब्लुबेल एफसीले गलबन

युनाईटेडलाई दुई शूल्य गोल अन्तरले पराजित गर्यो । दुवै टोलीले नगद पाँच हजार सहित ट्रफी र पदक हात पारे । प्रतियोगिताको उत्कृष्ट गोलकर्ता ब्यूबेल एफसीका रुपेश अधिकारी, उत्कष्ट खेलाडी पानिघाटका महेश लामा, उत्कष्ट गोलकिपरमा बनस्थलीका राजु लामा भएका थिए ।
किसिपिडी फुटसल गूप्रको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय