बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस नगर अधिवेशन : विराटनगरमा कोइराला निकट दीपक चापागाईँ विजयी
भर्खरै

कांग्रेस नगर अधिवेशन : विराटनगरमा कोइराला निकट दीपक चापागाईँ विजयी

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन ।

देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवाररलाई पराजित गर्दै चापागाईं निर्वाचित भएका हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकट हुन् ।आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चापागाईंले २१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति दाबेदार सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे ।

सभापतिका उम्मेदवार सन्तोष न्यौपाने देउवा पक्षका हुन् ।

१४औं महाधिवेशन अन्तरगत

शनिबार भएको निर्वाचनमा ६६४ मत खसेको थियो ।

उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय