शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एनआरएन महाधिवेशनमा समन्वयका लागि कांग्रेसले दियो आठ नेतालाई जिम्मेवारी
भर्खरै

एनआरएन महाधिवेशनमा समन्वयका लागि कांग्रेसले दियो आठ नेतालाई जिम्मेवारी

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि आठ नेतालाई जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापालाई जिम्मेवारी दिइएको छ । एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा

र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदै छ ।

कांग्रेसले यसअघि नै संघको निर्वाचनमा लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय