शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेको प्रथम विधान महाधिवेशन : ओलीसहितका नेताहरुले प्रतिनिधिहरुको जवाफ दिने
भर्खरै

एमालेको प्रथम विधान महाधिवेशन : ओलीसहितका नेताहरुले प्रतिनिधिहरुको जवाफ दिने

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021
sf7df8f}F, !% c;f]h . g]kfn sDo’lgi6 kf6L{ -g]skf–Pdfn]_n] z’qmaf/ nlntk’/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]Gb|df cfof]hgf u/]sf] ljwfg dxflwj]zgdf ;Daf]wg ub}{ kf6L{ cWoIf Pj+ k”j{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् ।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन् । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना

नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन् ।

नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर आजै महाधिवेशन सक्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय