शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी– ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै
भर्खरै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी– ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

काठमाडौं । जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले जितविहिन छ ।

ललितपुर र

चितवनबीचको खेल दिउँसो १:३० बजे हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ ।

चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय