काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे ।