काठमाडौं । लोकगायक रामकुमार नेपालीले राष्ट्रिय काठे लोकदोहोरी अवार्ड जितेका छन् । हिजो काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सुनाखरी मल्टिमिडिया फाउन्डेसनले २०७८ सालभरिका काठे लोक दोहोरी गीतहरूमध्येबाट लोकगायक नेपालीलाई पुरस्कृत गरेको हो ।रामेछापका रामकुमार नेपाली एक दशकदेखि लोकगायनमा सक्रिय छन् । डेढ वर्षअघि गायन रियालिटी शो लोकस्टारुमा गाएका केही गीतका कारण उनी चर्चामा आएका थिए । यद्यपि, उनको गायन यात्रा त्यस अघिदेखिकै हो । लोकस्टारमा उनी चौथो बनेका थिए ।