एजेन्सी । तालिबानको सूचना, संस्कृति मन्त्रालयले मीडिया रिपोर्टिङमा प्रतिबन्ध लगाएको छ । तालिबान सरकारले मीडियालाई इस्लामविरुद्ध कुनै पनि किसिमको रिपोर्टिङ गर्न नदिने भएको हो । तालिबान नेतृत्वको आलोनासमेत गर्न नपाइने गरी मिडियामाथि रोक लगाइएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
ह्यूमन राइट वाच समूहमा एसिया क्षेत्रको एसोसिएट डाइरेक्टर पेट्रिसिया गोसमेनले भने, तालिबान फरमानका अनुसार कुनै पनि विषयमा मीडियाले सन्तुलित रिपोर्टिङ गर्नुपर्ने हुन्छ । जबसम्म तालिबानी अधिकारीले प्रतिक्रिया दिँदैनन्, त्यो विषयमा समाचार बनाउन पाइने छैन ।ु
उता, तालिबानले महिला पत्रकारहरूलाई
काम गर्नबाट यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । यसबाहेक सात हजार पत्रकारलाई तालिबानले कैद गरेको छ ।