काठमाडौं । चम्किला तारा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आगामी २० गते रक्तदान कार्यक्रम हुने भएको छ । चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर १२ मा रहेको हरियाली बैंक्युट तथा रेष्टुरेण्टमा रक्तदान कार्यक्रम गरिन लागेको हो ।
रक्तदान नै जीवनदान भन्ने नाराका साथ हुन लागेको कार्यक्रममा धेरै भन्दा धेरैको सहभागीताका लागि संस्थाले आग्रह गरेको छ । कार्यक्रममा काठमाडौं बचत तथा ऋण सहकारी संस्था, ब्लड डोनर्स एसोसियसन(ब्लोदान) , र हरियाली रेष्टुरेण्डको सहकार्य रहेको छ । कार्यक्रम बिहान ८ बजेबाट सुरु
हुने आयोजकले जानकारी दिएको छ ।