शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साफ च्याम्पियनसिमा माल्दिभ्सविरुद्ध नेपालको एतिहासिक जित, उद्घाटन खेलमै पराजित भयो माल्दिभ्स
भर्खरै

साफ च्याम्पियनसिमा माल्दिभ्सविरुद्ध नेपालको एतिहासिक जित, उद्घाटन खेलमै पराजित भयो माल्दिभ्स

  • सिधा दृष्टी शनिबार, अशोज १६, २०७८ | October 2, 2021

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले खेलको ८६ औं मिनेटमा गरेको गोल नेपालका लागि निर्णायक बन्यो ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जितसँगै नेपालले तीन अंक जोडेको छ ।अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेलमा भारतसँग अक्टोबर १० ९असोज २४० र

लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय