मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
भर्खरै

यस्तो छ आजको मौसमी पूर्वानुमान

  • सिधा दृष्टी शनिबार, अशोज १६, २०७८ | October 2, 2021

काठमाडौं । आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का

धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

उक्त स्थानहरूका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय