मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नागढुंगा युवा क्लबद्वारा निशूल्क स्यानिटरी प्याड वितरण
भर्खरै

नागढुंगा युवा क्लबद्वारा निशूल्क स्यानिटरी प्याड वितरण

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं । नागढुंगा युवा क्लबले नागढुंगा स्वास्थ्य चौकीलाई निशूल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य वृद्धि गरेको चर्को बिरोध भइरहेकको समयमा क्लबले चन्द्रागिरी –०२ स्थित स्वास्थ्य चौकिलाई एक कार्यक्रम बिच निशुल्क स्यानिटरी प्याड वितरण गरेको हो । स्वास्थ्य चौकिमा आउने महिलाहरुलाई लक्षित गर्दै नागढुंगा युवा क्लबले जुनी स्यानिटरी प्याड सहयोग गरेको हो ।
रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ यसलाई विलासिताको साधनको सूचिमा राख्न नहुने,यसमा कर र भन्सार मूल्य महंगो बनाउन

नहुने क्लबका सदस्यहरुले बताएका छन् । महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्यानिटरी प्याडलाई विलासिताको साधनको रुपमा हेरिनु नहुने, तथा यो निशुल्क दिइनुपर्ने स्वास्थ्य चौकिका प्रमुख कृष्ण अधिकारी ज्यू ले बताउनु भएको छ । साथै यस्तो सहयोग आगामी दिनमा पनि गरिरहने प्रतिवद्धता नागढुंगा युवा क्लबले युवा पोष्टलाई जानकारी दिएको छ ।,

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय